Logo

भदौ १४ र १५ गते शिक्षण संस्थालाई विदा



Spread the love

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन हुने दिन दिन भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शिक्षण संस्थालाई विदा दिने सरकारले निर्णय गरेको छ ।

विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमनलाई सहज बनाउन शिक्षण संस्थालाई विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर-विजोर प्रणाली समेत लागू गरेको छ ।

अत्यावश्यक सेवाका सवारीसाधन- एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चार माध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारी साधनलाई भने जोर–बिजोर प्रणाली लागू नगर्ने निर्णय समेत गरेको छ । बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाध रुपमा सञ्चालन हुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्