Logo

सल्यानमा घर भत्किदा एकै घरका पाँच जनाको मृत्यु



Spread the love

सल्यानमा घरको भत्किदा एकै परिवारका ५ जनाको मुत्यु भएको छ । वागचौर नगरपालिका ४ सिमाखोली स्थित सेतीेगुराँसमा गए रातिको अविरल वर्षापछि कच्ची घरका भित्ता भत्किएर दलिन भाचिएपछी उनिहरुको ज्यान गएको हो ।

उक्त घटनामा परी ४० वर्षीय रामसिंह कामी, ३५ वर्षकी रामकला कामीको मुत्यू भएको छ । त्यसैगरी छोरीहरु ७ वर्षिय गंगा कामी , ६ वर्षिय प्रमिला कामी र ४ वर्षका छोरा रुपलाल कामीको पनि मुत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र वहादुर शाहले जानकारी दिए ।

त्यस्तै सोही घटनामा परी ११ वर्षिय सुनिता विक घाईते भएकी छिन । राती ९ बजे अविरल वर्षासंगै घरको भित्ता भत्कीएको र परिवारका सबै सदस्य पुरिएको खवर घाईते सुनिताले गाउँलेहरुलाई गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना स्थलमा प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली पुगिसकेको र प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहितको जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोली पनि घटनास्थल जाँदै गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

घटनाले पुर्याएको मानवीय क्षतिको विवरण आइसकेपनी थप विवरण आउन बाकी रहेको प्रहरी प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्