Logo

अत्याधुनिक हातहतियार सहित भारतीय सेनाको डेढ सय कमाण्डो फौज काठमाडौँमा



Spread the love
फाइल तस्बिर

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा काठमाडौँमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अत्याधुनिक हातहतियार सहितको भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रूपमा काठमाडौँमा आएको उच्च स्रोतले बताएको छ ।

भारतीय सैनिक कमाण्डो सम्मेलन स्थल सोल्टी होटेल, हायात होटेल तथा पाहुनाको आवागमन स्थल वरपर तैनाथ भएको स्रोतले दाबी छ ।

बिम्स्टेकमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित विदेश मन्त्री सुस्मा स्वराज लगायतको भारतीय प्रतिनिधिमण्डलको टोली विशेष विमानबाट बिहीबार काठमाडौँ आउँदै छ ।

भारत बाहेक बंगलादेश, थाइल्याण्ड र म्यानमार बाट पनि केही कमान्डो काठमाडौँ आइसकेको उच्च स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्