Logo

यु-१९ एशिया कपका लागि ५२ खेलाडी छनौट



Spread the love

nepali_cricket team

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, यु १९ प्रशिक्षक बिनोद दास र टेक्निकल एनालिष्ट रमन सिवाकोटी सम्मिलित टोलीले देशभरका ६ स्थानमा गरेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट ५२ जनालाई प्रारम्भिक प्रशिक्षणमा बोलाइएको  छ ।

श्रीलंकामा हुने आसन्न यु १९ एशिया कप क्रिकेटका लागि देशभरबाट ५२ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षणका लागि बोलाइएको हो ।

नयाँ युवा खेलाडीको खोजीका लागि काठमाडौं लगायत, धनगढी नेपालगञ्ज, बिराटनगर, भैरहवा र कलैयामा ट्यालेन्ट हण्टको आयोजना गरिएको थियो । त्यहाँबाट छनौट भएकाहरु साथै अण्डर नाइन्टिन टोलीबाट यसअघि खेलिसकेका खेलाडीलाई पनि प्रशिक्षणमा बोलाइएको छ ।

पहिलो चरणको छनौटमा परेका खेलाडीहरूमाः

सुशान्त सिंह थापा, मुकुन्द यादव, सन्दिप ढुंगाना, फिर्तोश अन्सारी, ललित नारायण राजवंशी, आसिफ शेख, अनिल कुमार साह, अस्चल थारु चौधरी,  रिजन ढकाल, राशिद खान, पवन शर्राफ,  रित गौतम, जितेन्द्र सिंह ठकुरी, प्रदिप टण्डन, सन्दिप जोहरा, आयुषमान बम, प्रणय शाह, कमल खत्री, पाल्देन लामा, अविनाश कर्ण, शुभांकर उराउ,  सन्दिप सुनार, सुमन पाण्डे, रोहित पौडेल, देव खनाल, प्रकाश केसी, धिरज शाही, साह आलम, बिक्रम भुसाल,  रविन्द्र शाही, प्रनित थापा मगर, विजय चौधरी, अफजल खान, दिपेन्द्र सिंह ऐरी, लोकेश चन्द, भीम सार्की, रोमन बम, अर्जुन साउद, सुरज ऐर, विपिन रावल, अनिल कुमार थापा,  किशोर महतो,  नन्दन कुमार यादव,  कमल सिंह ऐरी,  सागर भण्डारी,  दिव्यांशु मल्लिक, बिक्रम ठगुन्ना, मोहम्मद हुसैन,  अनिल बिश्वकर्मा, सन्दिप लामिछाने, समसद आलम, अमन पन्थी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्