Logo

उद्योग दिवसका अवसरमा सल्यानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न



Spread the love

 

15226364_1002688709860473_1158371404_n

प्रथम उद्योग दिवसको अवसरमा सल्यान खलंगामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उद्योगीहरुलाई राज्यले नीति बनाएर त्यही नीतिअनुसार प्रोत्साहन गर्दै जानुपर्ने बताएका छन् । कार्यक्रममा सहभागी भएका उद्योगी व्यवसायीले जिल्ला भित्र औद्योगिक क्षेत्रको पहिचाहन गरी उद्यमशिलता विकास गर्न पर्ने बताएका हुन ।

यसै बिच घरेलु तथा साना उद्योग विकास समिति सल्यानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल, नेपाली काग्रेशका उपसभापती निम बहादुर वली, नेकपा एमालेका जिल्ला सदस्य इश्वरी बुढाथोकी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञान बहादुर वली र राप्रपाका जिल्ला सदस्य कर्ण बहादुर सुनार लगायतले मन्तव्य राखेका थिए । सहभागीका तर्फबाट उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष सुधन श्रेष्ठले स–साना, मझौला खालका उद्यमी विकास गर्न सल्यानमा सकिने सम्भावना भएको बताएका छन् ।

घरेलु तथा साना उद्योग व्यवसायी समिति सल्यानका अध्यक्ष विरेन्द्र भण्डारीले राज्यले उद्यमी विकास गर्न गरेको सहयोग अपुरो भएको बताएका थिए । अन्तरक्रियामा सहभागी उद्योगीबाट उठेका सवालहरुमा वरिष्ट उद्योग अधिकृत कृष्ण प्रसाद आचार्यले सम्बोधन गरेका थिए । स्थानीय विकास अधिकारी खिमवहादुर रायमाझीको अध्यक्षतामामा सम्पन्न कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विरवहादुर चलाऊनेले गरेका थिए । टुडिखेलबाट सुरु भएको प्रभातफेरी कार्यक्रम जिविस हलमा गएर अन्तरक्रियामा परिणत भएको थियो

 

प्रतिक्रिया दिनुहोस्