Logo

विद्यालयलाई करिव रु आठ लाख सहयोग



Spread the love

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्नी स्व:आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव रु आठ लाख सहयोग गरेकोे छ ।

गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उहाँकी श्रीमती मनकुमारी शेर्पुजापुनले स्व आमा बोनिसाको स्मृतिमा नारच्याङ आधारभूत विद्यालयमा ६–८ तहको पठनपाठन सहयोग पुर्याउन रु सात लाख ८० हजार प्रदान गर्नुभएको प्रधानाध्यापक सुकबहादुर पुर्जाले बताउनुभयो ।

उहाँका अनुसार शेर्पुजा दम्पतीले एक निजी शिक्षकको तलब बराबर मासिक रु १२ हजारका दरले सो रकम उपलब्ध गराउनुभएको हो । दाता शेर्पुजा दम्पतीको सम्मानमा विद्यालयमा शिलालेख राखिएको छ ।

कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् । बाह्र शिक्षकमध्ये दरबन्दीका चार र अन्य निजी स्रोतका हुन् । विद्यालयमा दुई बालशिक्षा सहयोगी कार्यकर्ता पनि रहेका शिक्षक ओमबहादुर बुढाथोकीले बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्