Logo

अंगीकृत प्रमुख पदमा निर्वाचित हुनै नसक्ने : प्रधानमन्त्री



Spread the love

Prachanda jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूख्यमन्त्रीदेखि राष्ट्रपतिसम्म अंगीकृत नागरिक निर्वाचित हुनै नसक्ने बताएका छन् ।

प्रचण्डले भने  ‘संविधान संशोधनबारे अनेकौं हल्ला चल्ने गरेका छन्, ती हल्ला सत्य होइनन् , नागरिकताको सवालमा अन्तरिम संविधानमा व्यवस्था भएको ‘कुनै विदेशी महिलाले नेपाली नागरिकसँग बिवाह गरी सम्बन्धित देशको नागरिकता परित्याग गरेपछि नेपालको अंगीकृत नागरिक हुन पाउने’ व्यवस्थालाई समावेश गरी संविधान संशोधनको प्रस्तावमा छलफल चलेको छ ।’

सीमाङ्कनका सम्बन्धमा पनि विगतमा कांग्रेस–एमालेले तयार पारेको सात प्रदेशको प्रस्ताव वरिपरि नै सहमति खोजिने प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्