Logo

इटालीमा नेपाली युवकद्ले गरे आत्महत्या



Spread the love

इटालीमा एक नेपाली युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा बागलुङ तानग्राम–२ स्थायी घर भएका ३४ वर्षीय नविन थापा रहेको बताइएको छ ।

पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ ।

थापाको पोष्टमार्टमको रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको छ ।

झण्डै १० बर्षदेखि इटालीमा बैधानिक रुपमा बस्दै आएका थापा अविवाहित थिए । इटालीस्थित नेपालीहरुका अनुसार गत बर्ष डिसेम्बरमा डेप्रेसनका कारण केही दिन उनी अस्पतालसमेत भर्ना भएका थिए । त्यसपछि नेपाल फर्केका उनी केही समयको बसाइपछि पुनः इटाली फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्