Logo

बिमस्टेक सम्मेलनमा कुन नेताले कुन भाषामा भाषण गरे ?



Spread the love

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन काठमाडौंको होटल सोल्टीमा सुरु भएको छ ।

 

सम्मेलनमा सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना ,बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ,भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ सम्मेलनमा सहभागि छन् ।

सम्मेलनमा ३ जनाले आफ्नै मातृभाषा, ३ जनाले अंग्रेजी र एक जनाले हिन्दीमा बोलेका थिए । नेपालका प्रधानमन्त्री ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुकले अंग्रेजीमा भाषण गरेका थिए ।

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दीमा भाषणा गरेका थिए भने म्यानमार, थाइल्यान्ड र श्रीलंकाका राष्ट्रपतिले आफ्नै मातृ भाषामा भाषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्