Logo

रहेनन् क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो



Spread the love

castro

क्युबाली क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो को ९० बर्षको उमेरमा निधन भएको छ । क्युबाको सरकारी टेलिभिजनले क्यास्ट्रोको निधनको पुष्टि गरेको हो। क्युबाली सरकारले यसबारे थप जानकारी दिएको छैन।

क्यास्ट्रो सन् १९५९ देखि १९७६ सम्म  क्युबाका प्रधानमन्त्री थिए भने सन् १९७६ देखि २००८ सम्म राष्ट्र प्रमुख थिए ।   फिडेल क्यास्ट्रो क्रान्किारी र बहादुर योद्धा चे ग्वेभाराका सहयोद्दा थिए ।

सन् २००८ देखि भने क्युबामा राहुल क्यास्ट्रो राष्ट्रपति छन्। राहुल फिडेलका भाइ हुन्।  सन् १९२६ मा जन्मेका क्यास्ट्रो  संसारभरि प्रसिद्ध क्रान्तिकारी नेताका रुपमा चिनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्