Logo

एक दर्जन सुकुम्वासी परिवार विस्थापित



Spread the love

शुक्लाफाँटा नगरपालिका–११को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन् ।

उक्त नदीले बस्दै आएको जग्गा बगाउन थालेपछि सुकुम्वासी परिवार विचल्लीमा परेका हुन् । नदीले बस्दै आएको जग्गा कटान गरी गहिरो खोला बनाएको र सडकबाट झरेको पानीले समेत जग्गा कटान गर्न थालेको गुनासो गर्दै स्थानीयवासी मानध्वज लुहारले भने, “पहाडी क्षेत्रमा केही नहुँदा तराई झरेका थियौँ अहिले बस्दै आएको जग्गासमेत बाढीले कटान गरी बगाउन थालेपछि कुन ठाउँमा जाने भन्ने चिन्ता बढ्न थालेको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्