Logo

परिवारका ५ जना आफन्त गुमाएका नानीहरुको लागि सहयोग संकलन गर्दै युवा संजाल



Spread the love

कच्ची घरको दलिन भाचिएपछी आमा-बुवा सहित ५ जना परिवारका सदस्य गुमाई टुहुरो बनेका सल्यान बागचौर नगरपालिका-४ सेतोगुरासका साना नानिहरुको गास र बासको व्यवस्थापन गर्न सल्यानी युवा संजालले सहयोग रकम संकलन अभियानको सुरुवात गरेको छ ।

संजालले आधिकारिक रुपमा आजबाट सहयोग रकम संकलन गर्न लागेको हो । साथै सहयोगी भावना भएका सम्पूर्णलाई सहोग गर्न अपिल गरेको छ । यसको सुरुवात गर्दै संजालका तर्फबाट रु. ३० हजार रकम प्रदान गर्ने प्रतिवाद्दत्ता जनाएको छ । यसको विस्तृत अपडेट र सहयोगीहरुको नामावली संजालले आफ्नो फेसबुक पेजमा प्रकाशित गर्ने जनाएको छ ।

यसबारे संजालका सक्रिय सदस्य सन्तोष थापाले भने, “सहयोग अभियानको भर्खर सुरुवात भएको र त्यसले ती बेसहाराका लागि सहयोग गर्न चाहाने महानुभावहरुले कृपया दिल खोलेर सहयोग गरिदिनु होला ।”

पीडित परिवारका तीन जना अझै जोखिमपूर्ण रुपमा बस्न बाध्य छन् । घर भत्किएर बस्ने ठाउँ नभएपछी अर्को घरमा बस्दै आएका उनीहरु मध्ये ५ जनाको गएको मंलबार ज्यान गएको थियो ।

थापाले संकलित रकम एउटा सरोकारवाला र पीडित पक्ष संगको छलफल पछि छुट्टै अक्षयकोष वा खाता स्थापना गरी उनीहरुकै लागि खर्च गरिने बताए । जसले गर्दा ती साना नानिहरुको जीवनयापनमा यसले महत्त्वपूर्ण भुमिका खेल्न सकोस् । यसका लागि संजालले जनता बैकमा रहेको आफ्नो संस्थागत खातामा रकम जम्मा गर्न सकिने जनाएको छ । संकलित रकम पिडित परिवारका सदस्यहरुकै लागि खर्च गरिने र यसका लागि उनीहरुका अभिभावक, स्थानीय जनप्रतिनिधि, जिल्ला समन्वय समिति र कर्णाली प्रदेश सरकारसंग सहकार्य गरी रकम वैंकमा खातामा जम्मा गरिने थापाले बताए । ‘बैंकमा वा अक्षयकोषमा रकम नराख्दा रकम चाँडै खर्च हुन्छ’, उनले भने, ‘बैंकमा वा अक्षयकोषमा राख्दा भोलिका दिनमा पनि उनीहरुको जीवन निर्वाहमा सजिलो हुन्छ ।’

कर्णाली प्रदेश सरकारले यसअघि नै  एक लाख पचास हजार सहयोग रकम उपलब्ध गराईसकेको छ । सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक पुर्वाधार मन्त्री खड्ग बहादुर खत्रीले पिडित परिवारलाई राहत हस्तान्तरण गरेका हुन । राहत वितरण कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाही, पत्रकार लगायतको सहभागिता थियो ।

यस्तैे पिडित परिवारलाई आर्थिक मामिला मन्त्री ज्वालाले व्यक्तिगत ४ हजार र भौतिक पुर्वाधार मन्त्री खत्रीले ६ हजार गरी १० हजार थप रकम सहयोग गरे । बाँच्न सफल ३ बालिकाहरुमध्ये १३ वर्षीया कमला ८ कक्षामा, १० वर्षीया पुतला ५ कक्षा र ९ वर्षीया सुनिता कक्षा ३ मा स्थानीय विद्यालयमा पढ्दै आएका छन् ।

पीडितलाई निःशुल्क पढाउने घोषणा

यसैबीच जिल्लाको एक निजी विद्यालयले पीडित तीनै जना बालिकालाई कक्षा १० सम्म निःशुल्क पढाउने घोषणा गरेको छ । जिल्ला सदरमुकाममा रहेको एमएम एकेडेमीले उनीहरुलाई  १० कक्षासम्म निःशुल्क पढाउने घोषणा गरेको छ । ‘हामीले उनीहरुलाई निःशुल्क रुपमा पढाउने घोषणा गरेका छौँ’, एकेडेमीका सञ्चालक महेश देवकोटाले बताए । “सबै पक्ष मिलेर यसका लागी वातावरण बनाइदिनुहोस् ।”

 

यो पनि पढ्नुहोस् !

सल्यानमा घर भत्किदा एकै घरका पाँच जनाको मृत्यु

कर्णाली प्रदेशका मन्त्री ज्वाला र खत्रीद्धारा विभिन्न ठाउँको अनुगमन

प्रतिक्रिया दिनुहोस्