Logo

एशिया कप छनोटमा नेपालको पहिलो जित



Spread the love

एशिया कप छनोट खेलमा नेपालले आज पहिलो जित दर्ता गरेको छ ।

केहिबेर अघि सम्पन खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो ।

क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाई १८८ रन बनाउन सफल भयो ।
बर्षाका कारण ५० ओभरको खेल छोटाएर ३० ओभरमा झारिएको थियो
१३ औँ ओभरमा ६० रनको स्थितिमा ५ विकेट गुमाएर खराब स्थितिमा रहेको नेपालाई दिपेन्द्र एरि र आरिफ शेखले अर्धशतक पुरा गर्दै समानजनक योगफल तयार पारेका हुन् ।

ऐरीले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतले ५४ रन बनाए ।

शेखले नटआउट रहँदै मात्र ४८ बलमा ६४ रन बनाए । यस क्रममा उनले २ छक्का र ५ चौका हिर्काए ।

नेपालका लागि ओपनर अनिल कुमार साहले १६, पारस खड्काले १३ तथा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । भने अन्य बाट्समेनले दोहोरो अंक जोडन सकेन ।१८९ रनको लक्ष्य लिएर जबाफी ब्याटिङ्गमा उत्रेको मलेसियाले पुरै ३० ओभर खेल्दै ९ विकेट को क्षेतीमा मात्र १६९ मात्र रन बनायो  ।
बलिङ्ग तर्फ नेपालका लागि बसन्त रेग्मी ३ ,सोम्पाल कामि २,सन्दिप लामिछाने २,सागर पुन १ र दिपेन्द्र एरिले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्