Logo

बोक्सीको आरोपमा आफ्नै सासुको हत्या



Spread the love

बोक्सीको आरोपमा दाङको तुलसीपुरमा बुहारीले आफ्नै सासुको हत्या गरेकी छन् ।

तुलसीपुर उपमहागनरपालिका ९ र्की टंकी रावतले ६९ वर्षीय सासु खोपी रावतको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
धामीझाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भने पछि आफुले हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।

बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट गाउपालिका लगेको र पाँच गते फर्किने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको जंगलमा हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

बुहारी टंकीलाई प्रहरीले भारतको कृष्णनगरबाट शनिबार बिहान पक्राउ गरेको प्रनाउ सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्