Logo

भारतको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म अक्षय-रजनीको ‘२.०’



Spread the love

2.0

अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’ को फस्र्टलुक हालैमा सार्वजनिक भएको छ ।

डायरेक्टर एस शंकरको यो फिल्म २०१० मा आएको रोबोटको सिक्वेल हो । १८ अक्टूबर २०१७ मा रिलिज हुन गइरहेको यो फिल्ममा दुई सुपरस्टार रजनीकान्त र अक्षय कुमार भएका कारण पनि चर्चामा छ । यति मात्र होइन फिल्मको बजेटले पनि यति बेला सबै चकित बनेका छन् ।

रिपोर्ट्सका अनुसार, यो फिल्म बनाउनका लागी ३५० करोड खर्च भएको छ ।
‘२.०’ साउथ इण्डियनको मात्र होइन पुरै भारतको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म समेत बनेको छ । अक्षय कुमार र रजनीकान्तका अलावा,  एमी जेक्सन,  सुधांशु पाण्डे,  आदिल हुसैन,  रियाज खान र कैजाद कोटवाल पनि यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मको प्रोड्यूसर सुवास करण अलीराजा हुन ।

 

प्रतिक्रिया दिनुहोस्