Logo

वाड सदस्यको पद त्यागेर शिक्षक पेशामा प्रबेश



Spread the love

जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बनेकी छन् ।

गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बन्नुभएको हो । शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित भएका थिए ।

उनी छेडागाड नगरपालिका–७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बन्नुभएको हो । बिहीबार जिल्ला समन्वय समितिबाट राजीनामा दिइ जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षामा समेल भएका थिए ।

कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाइ अनुदान दरबन्दीमा उहाँ शिक्षिका भएको जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार शाहीले पदबाट राजीनामा दिएकाले शिक्षण पेशामा लाग्न पाउने अधिकार भएकाले परीक्षामा उत्तीर्ण भई सिफारिश गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्