Logo

सल्यानमा पहिरो जाँदा फेरी एकै घरका ३ जना बच्चा च्यापिए



Spread the love

१७ भदौ, सल्यान – सल्लेरी खबर

सल्यान जिल्ला बागचौर नगरपालिका वडा १२ ओख्रेनी मुलखोलामा अत्यधिक वर्षातको कारण पहिरोले घर पुरिदा एकै घरका ३ जना बच्चा च्यापिएका छन् ।

च्यापिने बच्चाहरूमा बालाराम डाङ्गीकि १० बर्षिय छोरी ललिता डाँगि, ७ बर्षीय छोरा ललित डांगी र ४ बर्षिय छोरी मेनका डाँगि रहेका छन् ।

च्यापिएका बच्चाको खोजी गर्न नेपाली सेना, नेपाल प्रहरी जाने तयारी गरेको छ ।

घटनाको पूरा विवरण आउन बाकी रहेको छ ।

यही भदौ १२ गते सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर ४ मा एक घरको दलिन भाँचिएर भित्ता भत्किदा एउटै घरका बुवा, आमा, २ छोरी र १ जना छोरा गरेर ५ जनाको मृत्यु  भएको थियो ।

संबन्धित समाचार

सल्यानमा घर भत्किदा एकै घरका पाँच जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्