Logo

अदालतद्वारा प्रकाण्डलाई रिहा गर्न तेर्सो पटक आदेश



Spread the love

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न तेर्सो पटक आदेश दिएको छ ।

यो आदेश संगै उनलाई अदालाताले रिहा गर्न भनि दिएको आदेश तिन पटक पुगिसकेको छ   ।
तर अदलातले रिहा गर्ने आदेश दिए पनि उनि पटक पटक अदलात परिसर बाटै पक्राउ पर्दै आएका छन्  ।

आज बसेको न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले हाल नुवाकोटमा थुनामा रहेका प्रकाण्डलाई जिल्ला न्यायाधीशको रोहबरमा छाड्न आदेश दिएको छ ।

चन्दा असुलीको अभियोगमा गत साउन २३ गते पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले छाडने आदेश दिएको थियो । त्यस लगत्तै प्रकाण्डलाई अदलात परिसर बाटै प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि पनि विश्वकर्मालाई प्रहरीले विभिन्न मुद्दामा पक्राउ गरेको थियो  ।

प्रतिक्रिया दिनुहोस्