Logo

सल्यानमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु



Spread the love

salyan district

ट्याक्टर दुर्घटनामा परी सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वडागाउं गाविस वडा न.ं ४ का ३६ वर्षीय लोक बहादुर के.सी.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

बिहीबार साँझ साढे आठ बजे तीर सल्यानको वडागाउं वाट चिसापानी तर्फ जादैँ गरेको भे.१ त ३८४७ न.को ट्याक्टर वडागाउ ३ सल्लेटाकुराको वनमा दुर्घटना भएको थियो । ट्याक्टर सडक देखी झन्डै ६० मिटर तल खसेको छ ।

ट्याक्टर दुर्घटनामा पर्दा सवार सल्यान वडागाउं ४ का ३६ वर्षीय लोक बहादुर के.सी. सख्त घाइते भएका छन् ।  घाइते केसीको उपचारका लागी अस्पताल लिदैँ गर्दा बिच बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक वडागाउं ३ का २४ वर्षीय चित्र बहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्