Logo

यादवको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त



Spread the love

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं प्रजातन्त्र सेनानी सूर्यराय यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत नेता यादव निधनले निधनबाट काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं प्रजातन्त्र सेनानी सङ्घ रौतहटका अध्यक्ष यादवको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा स्व यादवले विसं २०१९ देखि २०३६ सम्म १७ वर्ष निरन्तर जेल जीवन बिताएका थिए । स्व. यादवले मुक्ति वाहिनीमा समेत काम गरेका काङ्ग्रेसले जनाएको छ ।

काङ्ग्रेसका पूर्वसभापति एवं सन्त नेता कृष्णप्रसाद भट्टराई, सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री खुमबहादुर खड्का लगायतका नेतासँग जेलमा उनीसँगै थिए ।

स्व. यादवले काङ्ग्रेस रौतहट निर्वाचन क्षेत्र नं २ को दुईपटक क्षेत्रीय सभापति भएर जिम्मेवारीसमेत बहन गरेका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्