Logo

आगलागी पीडितलाई स्थानियद्धारा राहत



Spread the love

15284084_1182437168472189_8803106552192325748_n

सल्यानमा सोलारको तार सर्ट हुँदा एक घरमा आगलागी भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा न.ं ७ सानागाँडाकोट स्थित अमृता बाहीको घरमा बिहीबार आगलागी भएको हो ।

घर आगलागि हुँदा नगद ९० हजार सहित अन्नपात, लत्ताकपडा लगायत घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
सोलारको तार सर्ट भएर घर छाएको खरको छानामा छोएपछि आगलागि भएको हो । यसैबिच आगलागी पीडित परिवारलाई आज खरिबोट बजार व्यवस्थापन समितिले नेतृत्व गरेर विभिन्न राहत सामाग्री संकलन गरी पीडित कै घरमा पुगेर हस्तान्तण गरेको छ ।

आगलागी पीडित परिवारलाई कमल, लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा लगाएतका सामाग्री हस्तान्तरण गरिएको हो । खरिवोट बजार व्यवस्थापन समितिका अध्यक्ष खुमराज बस्नेत, पत्रकार रेशम डि.सी लगायत बजार व्यवस्थापन समितिका पदाधिकारी र स्थानियबासिले पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्