Logo

प्रकाण्डमाथि प्रहरी हत्याको आरोप



Spread the love

विप्लव नेतृत्व्को नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पुन अर्को आरोप लागेको छ ।

प्रकाण्डलाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप लागेको हो ।

प्रहरीको प्रतिवेदनमा  विश्वकर्माले म्यादी प्रहरीको हत्या गरेको उल्लेख छ,’ प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने ‘उनबिरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा भएकाले दाङमा ल्याउन लागिएको हो ।’

गत मंसीर १२ गते दाङको तुलसीपुरमा नेपाली काँग्रेसको चुनावी सभालाई लक्षित गरी गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निबासी २३ वर्षका म्यादी प्रहरी बिनोद चौधरीको ज्यान गएको थियो   ।

घटना तुलसीपुरमा भएकाले  प्रकाण्डलाई तुलसीपुर प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराउने छ । प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबै भन्दा ठूलो मुद्दा हो । विश्कर्मामाथि लागेको आरोपको सबै प्रमाण ईलाका प्रहरील कार्यालय तुलसीपुरले जुटाउने छ ।

प्रतिक्रिया दिनुहोस्