Logo

‘काइण्ड ह्युमन’ सलमान खान



Spread the love

Salman-Khan_1नायक सलमान खानलाई बलीउडमा ‘काइण्ड ह्युमन’ अर्थात दयालु मान्छेका रुपमा लिइन्छ । कारण उनले संचालन गरेको विइङ ह्युमन नामक गैर नाफामूखी सामाजिक संस्थमार्फत सामाजिक सेवामा आफुलाई समर्पित गर्दै आएका छन् ।
त्यसो त अन्य कलाकारहरुलाई सहयोग गर्ने कुरामा पनि सलमान निकै अघि देखिन्छन् । त्यसैले पनि होला सलमान खान जतिनै खराब मान्छे भएपनि उनलाई मान्ने कलकारहरु धेरै नै छन् बलीउडमा ।
यिनै नायक सलमान खानले भर्खरै यस्तै मानवीयष्काम गरेका छन्, जसको सर्वत्र तारिफ भइरहेको छ । उनले एउटा अनजान बालिकाको ज्यान जोगाउन ब्यक्तिगत रुपमा भारतीय रुपैयाँ एक करोड भन्दा माथी खर्च गरेका छन् ।
भारतीय संचारमाध्यमहरुले बलिउडका सुपर स्टार सलमान खानले ५ महिने एक नाबालको ज्यान बचाएको समाचार प्रमुखताका साथ प्रकाशन गरेका छन् ।
उनले त्यो बच्चालाई बचाउनका लागि एक करोड रुपैयाँ भारु खर्च गरेको भारतीय संचार माध्यमले दावी गरेका छन् । नायक खानले मुटु रोगबाट पीडित एक बालकको उपचारका लागि सो सहयोग कप्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्