Logo

प्रचण्ड र भारतीय गृहमन्त्री बीच भेटवार्ता



Spread the love

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र भारतिय गृहमन्त्री राजनाथ सिंहबीच आज दिउँसो भेटवार्ता भएको छ ।

भेटबार्तामा प्रचण्डले नेपाल र भारतबीच भएका समझदारीहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए । तेस्तै प्रचण्डले आज बिहान भारतमा रहेका नेपालीहरुसँग पनि छलफलमा गरेका थिए ।
प्रवासीहरुले सीमा क्षेत्रमा हुने नेपाली माथि लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । भेटमा नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने छलफल भएको थियो ।

भेटबार्तामा गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना घट्न नदिने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्