Logo

त्रिवि शिक्षण अस्पतालका डीन केशवप्रसाद सिंह द्वारा राजीनामा



Spread the love

dr-kc-and-singh

त्रिवि शिक्षण अस्पताल आइओएमका नवनियुक्त डीन प्रा. डा. केशवप्रसाद सिंहले राजीनामा दिएका छन्।

डा. सिंहले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै डीनबाट राजीनामा दिएका हुन्। डा। सिंहले शुक्रवार त्रिविका उपकुलपति डा. तीर्थ खनियाँसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्र बुझाएपछि संचारकर्मीसंग कुराकानी गर्दै सिंहले राजीनामा गर्न दबाब दिइएकाले उपकुलपति खनियाँसमक्ष राजीनामा पत्र बुझाएको बताए। यसअघि त्रिवि उपकुलपति कार्यालयले ९ महिनापछि कात्तिक २८ गते मात्रै आइओएमको डिनमा प्रा डा. सिंहलार्इ नियुक्त गरेको थियो।

डिन सर्च कमिटीले सिफारिस गरेका प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केशवप्रसाद सिंह र प्रा डा ज्योति शर्मामध्ये त्रिवि उपकुलपति कार्यालयले सिंहलाई आइओएमको डीनमा नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्