Logo

सल्यानका स्थानीय सरकारहरूको सन्देश – विपत्तिको मिलेर सामना गरौं



Spread the love

सल्यान जिल्लाका १० वटै स्थानीय सरकारहरूको विपत्तिको मिलेर सामना गरौँ भन्ने सन्देश दिएका छन् ।

सल्यान जिल्ला बागचौर नगरपालिकामा भएका २ छुट्टाछुट्टै घटनामा सल्यानका १० वटै स्थानीय सरकारहरूले मिलेर सहयोग गरेका छन् ।

यही भदौ १२ गते राति सल्यान जिल्ला बागचौर नगरपालिका ४ सिमाखोली स्थित सेतीेगुराँसमा घरको दलिन भाँचिएर भित्ता भत्किदा एकै परिवारका ५ जनाको मुत्यु भएको थियो । उक्त घटनामा सोही घरमा रहेकी १ छोरी र घर बाहिर रहेकी २ छोरी बाच्न सफल भएका थिए ।

मुत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षकी रामकला कामी, ७ वर्षीय गंगा कामी, ६ वर्षीय प्रमिला कामी र ४ वर्षीय रूपलाल कामी रहेका थिए । बाच्न सफल ३ जना छोरीहरू ८ कक्षा, ५ कक्षा र ३ कक्षामा अध्ययनरत छन् ।

फेरि भदौ १७ गते सल्यान जिल्ला बागचौर नगरपालिका वडा १२ ओख्रेनी मुलखोलामा अत्यधिक वर्षातको कारण पहिरोले घर पुरिदा एकै घरका ३ जना बच्चाहरू १० वर्षीय छोरी ललिता डाँगि, ७ ललित डांगी र ४ वर्षीय छोरी मेनका डाँगि रहेका थिए ।

दुवै घटनाको लागि दार्मा गाउँपालिकाबाट ५० हजार, बनगाड नगरपालिकाबाट ५० हजार, छत्रेश्वरी गाउँपालिकाबाट ५० हजार, कुमाख गाउँपालिकाबाट ५० हजार, सिद्ध कुमाखबाट ४० हजार, कालिमाटी गाउँपालिकाबाट ३५ हजार, शारदा नगरपालिकाबाट ३० हजार, त्रिवेणी गाउँपालिकाबाट ३० हजार र कपुरकोट गाउँपालिकाबाट २५ हजार सहयोगको प्रतिबद्धता व्यक्त भएको छ ।

बागचौर नगरपालिकाले प्रारम्भिक राहतको लागि २ लाख उपलब्ध गराएको छ । रकम एक द्वार प्रणाली मार्फत बागचौर नगरपालिकाले संकलन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्