Logo

करेन्ट लागेर एक जनाको ज्यान गयो !



Spread the love

माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ का एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकैको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा दाहाल घाइते भएका थिए । उनको आज उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो । (रासस) /साङ्केतिक तस्विर

प्रतिक्रिया दिनुहोस्