Logo

माओवादी केन्द्रको पार्टी कार्यालयमा ३ वटा बम भेटियो



Spread the love

इलाम सदरमुकाममा तीनवटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो ।

 

पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र निष्क्रिय गर्ने काम भइरहेको बताइएको छ । गस्ती गर्ने क्रममा शङ्कास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको पुष्टि भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्