Logo

निमुनियाका कारण ११ दिने शिशुको मृत्यु



Spread the love

baby_Sketch

सल्यानमा निमुनियाको कारण ११ दिने शिशुको मृत्यु भएको छ ।  जिल्लाको पश्चिमी क्षेत्र मुलखोला ४ च्युरा स्थित मेनुका विष्टको ११ दिनको छोरीको निमुनियाका कारण मृत्यु भएको हो । जन्मेको एक हप्ता देखि सामान्य खोकि लागेको र समयमा नै उपचार नहुँदा ११ दिने शिशुको मृत्यु भएको हो ।

सल्यानको पश्चिमी क्षेत्रमा औषधी उपचारको सट्टा धामी झाँक्रि र झारफुकको बढी विश्वासले गर्नले समस्या देखिन थालेको छ । अस्पताल नजिक हुदाँ हुँदै समेत यहाँका अधिकांश क्षेत्रमा धामी झाँक्रि प्रति मानिसको बढी विश्वास रहेको छ ।

११ दिने शिशुलाई निमुनियाले ग्रस्त पार्दा समेत परिवारले बढी झारफुकमा लाग्दा अकालमै ज्यान गुमाउनु परेको स्थानीयको भनाई रहेको छ । ११ दिने शिशु जस्तै सल्यानको पश्चिम क्षेत्रका धेरै वडाहरुमा औषधी उपचारको साटो झारफुक प्रति मानिसको विश्वास बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्