Logo

सल्यानी युवा सञ्जालद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न



Spread the love

 

_DSC8114

राजधानी स्थित त्रिचन्द्र क्याम्पसमा सल्यानको विकास र समृद्धिको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ। सल्यानी युवा सञ्जालद्वारा आयोजित कार्यक्रममा युवाहरूको विशेष सहभागिता रहेको थियो ।

सल्यानका सभासद टेक बहादुर बस्नेत, सल्यानका अग्रज एवम् पुराना कलाकार खड्गबहादुर बुढा, प्रधानमन्त्रीका स्वकीय सचिव तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल, नेपाली काङ्ग्रेसका युवा नेता ऋषिकेशजङ्ग शाह, नेकपा माओवादीका नेता असल क्षेत्री, अखिल क्रान्तिकारीका उपाध्यक्षहरु तिलक राज भण्डारी, रन्जित तामाङ, एमाले निकट सल्यान- काठमाडौँ सम्पर्क मन्चका अध्यक्ष वीर बहादुर रावत लगायतको उपस्थिति थियो। काठमाडौमा बसी अध्ययन गर्ने सल्यानी विद्यार्थीहरूको विशेष सहभागिता रहेको कार्यक्रममा अन्य विभिन्न कामले यहाँ रहेका सरकारी कर्मचारी, कलाकार, बुद्धिजीवी लगायतको सहभागिता थियो।

_DSC7943

जिल्लाको विकासमा कसरी अगाडी बढ्न सकिन्छ, जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन कसरी गर्न सकिन्छ, सल्यानमा शिक्षा, स्वास्थ जस्ता क्षेत्रहरूमा द्रुतगतिमा कसरी प्रगति गर्न सकिन्छ आदि विषयमा छ्लफल भएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले विशेष गरी राजनीतिक पार्टीका नेता, कलाकार एवम् बुद्धिजीवीहरुले युवा सञ्जालका अभियानताहरुले सुरुवात गरेको काममा आफुहरुको समर्थन र सहयोग सधैँ रहने बताए।

हाल युवा सञ्जालले गर्न लागिरहेका कामहरुमा  सिमाना प्रवेश द्वार निर्माण, पुस्तकालय निर्माण, डिजिटल पुस्तकालय निर्माण, गाडीहरूमा पर्यटकीय तस्वीरअङ्कित स्टिकरका बारेमा भएको प्रगति, आर्थिक संकलन आदि विषयमा आयोजकले प्रस्ट पारेका थिए ।

_DSC8119

माउण्ट बुद्ध मिडिया (सल्लेरी खबर ), सल्यान दृष्टिकोण टिम, समृद्ध सल्यान, युवा शसक्तिकरण नेपाल(यान)  संस्थाहरू सम्मेलित यस टिममा राजनीतिक पार्टीमा आवद्ध नभएका सल्यानको समृद्धिको लागि लाग्न चाहने युवाहरू र संस्थाहरू सङ्ग सहकार्य गर्दै जाने सल्यानी युवा सञ्जालका संयोजक सुदर्शन बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्