Logo

रुपन्देहीमा युवतीको शव फेला



Spread the love

रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक युवतीको शव आज फेला परेको छ ।

स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिइन् ।

अन्दाजी २३ वर्षीया ती युवतीको शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।

‘घटना के भएको हो, विस्तृत कुरा अनुसन्धान भएपछि मात्रैे थाहा हुन्छ’, प्रहरी निरीक्षक बोहोराले भनिन् । रासस 

प्रतिक्रिया दिनुहोस्