Logo

नगरपालिकाले दियो आठ वटा सेवा निःशुल्क



Spread the love

सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ ।

तेस्तै नगरपालिकाले जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार सिंहले जानकारी दिए ।

नगरपालिकाले जारी गरेको सूचनामा जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइ दर्ता, विवाह दर्ता, नागरिकता प्रमाणपत्र सिफारिश, सम्बन्धबिच्छेद दर्ता, छात्रवृत्ति सिफारिश र स्वास्थ्यसम्बन्धी सिफारिश सेवा निःशुल्क गरिएको उल्लेख गरेको छ ।

यसअघि नगरपालिकाले कायम गरेको केही शीर्षकको कर बढी भएको सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यपालिकाको बैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित आठ शीर्षकको कर मिनाहा गरी निःशुल्क गरिएको प्रमुख सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्