Logo

भिड्दै अक्षय र शाहरुख…



Spread the love

Shah-Rukh-Khan-Akshay-Kumarबलिउडका अहिलेका चल्तिका नायक हुन् अक्षय कुमार । पुराना पुस्ताकै अन्य नायकका तुलनामा अक्षय निकै व्यस्त छन् । त्यसो त उनका चलचित्रले पनि एक पछि अर्को गर्दै सफलता हात पारेपछि पनि उनको व्यस्तता बढेको हो ।
अहिले उनको प्रतिष्पर्धा बलिउडका सुपरस्टार भनेर चिनिने नायकहरु सलमान खान, शाहरुख खान तथा अमिर खानसँग हुन थालेको छ ।
तर यसै समयमा अभिनेता शाहरुख भने अक्षयसँग भिड्ने पक्का भएको छ । हालै पोष्टर सार्वजनिक भएको चलचित्र ‘द रिङ’ को प्रदर्शन मिति अगष्ट ११ लाई तोकिएको छ जुन दिन अक्षयको चलचित्र ‘क्रायक’ पनि रिलिज हुनेछ ।
अब केही समय अघि नै फस्र्ट लुक सार्वजनिक भैसकेको चलचित्र ‘क्रयाक’ सँग शाहरुखको चलचित्र ‘द रिङ’ भिड्नेछ ।
पछिल्लो समय दिन दुईगुणा रात चौगुणा सफलता हात कपार्दै गएका अक्ष्यसँग शाहरुखको भिडन्तले कस्तो नतिजा दिने हो, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्