सडकखण्डको बिभिन्न तीन ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या परेको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै सयौं यात्रु अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्