Logo

आजबाट नाडा अटो शो २०१८ सुरु : ऋण लिएर गाडी खरिद नगर्न अर्थमन्त्री खतिवडाको आग्रह



Spread the love

सवारी तथा सवारीजन्य बस्तुहरुको कुम्भ मेलाकै रुपमा लिइने अटो शो आज देखि सुरु भएको छ ।काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको अटो शो सवारी किन्नेहरुका लागि उपयुक्त समय हुदैं हो भने सवारी बिक्रेताहरुका लागि त्यो भन्दा ठूलो उत्सव हुने गरेको छ ।उपभोक्ता एकै ठाँउमा धेरै ब्रान्डका धेरै मोडल हेर्न तथा रोज्न पाँउछन् भने सवारी बिक्रेताले एकै ठाउँमा अधिक उपभोक्ता पाउँछन् । यसले नाडा अटो शो आफैं एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको छ । नेपालमा उपलव्ध सवैजसो दुईपाँग्रे, चारपाँग्रे, कर्मसियल तथा सवारीजन्य उत्पादन नाडा अटो शो मा राखिन्छन् ।

अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी खरिद नगर्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले ऋण लिएर गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्र झनै ओरालो लाग्नेतर्फ व्यवसायीहरुलाई सचेत पनि गराउनु भयो ।unn.prixa.netकार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको अटो मोवाइल्स क्षेत्रको प्र्रवद्र्धनमा आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नु भयो । उहाँले मुलुकको व्यापार घाटालाई कम गर्न पनि अटो मोवाईल्स क्षेत्रले योगदान दिनसक्ने पनि स्मरण गराउनु भयो ।

शो मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरु राखिएको छ । अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरुको सहभागिता रहेको छ । ६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन । अटो मोवाईल्स क्षेत्रले गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा २० प्रतिशत योगदान दिएको छ ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहेको छ। जसमा नेपालमै उत्पादित सामग्रीहरु समेत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्