Logo

बाढीले झोलङ्गे पुल बगाउँदा स्थानीय समस्यामा



Spread the love

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको बेँसीस्थित ठूलोखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ ।

 

मराङको बेँसीदेखि मल्कवाङ, कुइने, भेडीखाल्डा, आरबाङ, घण्टीवाङ, रिख जाने बाटोमा पर्ने काठको झोलुङ्गे पुल बगाएको हो । बाढीले बेँसीमा सयाँै रोपनी खेतीयोग्य जमीन कटान गरेको र बस्तीसमेत जोखिममा परेको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।

पुल बगाएपछि खोला वारपार बन्द भएको छ । मराङस्थित जनविकास माविमा आरबाङ, घण्टीबाङ, रिखको बस्तीबाट अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । एक सय घरधुरीभन्दा बढी प्रभावित भएका छन् ।

ठूलोखोलाको कटानले सिँचाइको पाइप र विभिन्न ठाउँमा पैदलमार्गसमेत बगाएको छ । बेँसीस्थित ठूलो र सानो खोलाको दोभानमा रहेको हरिहर मन्दिर जोखिममा परेको छ । सानो खोलामा रहेको अस्थायी काठे पुलसमेत बाढीले बगाएको छ । बाढी र पहिरोले पु¥याएको क्षति विवरण सङ्कलन भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्