Logo

पूर्वी नेपालमा भूकम्पको धक्का



Spread the love

पूर्वी नेपालका केही जिल्लामा आज बिहान १० बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।

उत्तरपूर्वी भारतको असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.१ रिक्टर स्केलको उक्त भूकम्पको धक्का नेपालसम्म महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको सामान्य धक्का मात्र भएकाले अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्