Logo

नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा सञ्चालनमा



Spread the love

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

 

सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो । दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । आज बिहान ११ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यससँगै १७ किलो, गाईघाट, घुमाउने, नौ किलो लगायत ठाउँमा पनि पहिरो खसेको थियो । ती ठाउँको पहिरो मङ्गलबार नै सफा गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार लामो समयसम्म सवारी रोकिएपछि एकतर्फी सञ्चालन गरेर सवारी साधन कटाइएको थियो । खनालका अनुसार चार किलोमा एक सय मिटर माथिबाट ठूला ढुङ्गा सहितको पहिरो झरेको हो । सो ठाउँमा एक सय मिटर सडक पहिरोले ढाकेको थियो ।

एकतर्फी सवारी सञ्चालनमा आएपछि मङ्गलबार रातभर पालैपालो सवारी कटाइएको थियो । आज बिहान केहीबेर सवारी रोकेर बाँकी पहिरो पन्छाएसँगै सवारी दुईतर्फी सञ्चालनमा आएको हो । रासस

प्रतिक्रिया दिनुहोस्