Logo

क्षेत्रीय कराते प्रतियोगितामा सल्यानका चार खेलाडी स्थान ल्याउन सफल



Spread the love

karate_kheldi_salyanसाताैँ राष्ट्रिय खेलकुद मध्यपश्चिमाअंचल क्षेत्रीय कराते प्रतियोगिता मंगलबार देखि सुर्खेतमा सुरु भएको छ। मंगलबार सुर्खेतको बिरेन्द्रनगरमा सन्चालन भएको पहिलो दिनको कराते पुरुष एकल काता प्रतियोगितामा सल्यान जिल्ला दोस्रो स्थान ल्याउन सफल भएको छ ।

त्यस्तै महिला एकल कातामा पनि सल्यान जिल्ला दोस्रो स्थान हासिल गर्न सफल भएको छ । सल्यान जिल्ला बाट सहभागी भएका करातेका खेलाडीहरु मध्य पुरुष एकल काता तर्फ चुडामणिा केसी र महिला एकल काता तर्फ अन्जना गिरिले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् साथै आज दोस्रो दिनमा +८४ मा महेन्द्र गिरि (सुदिप) र -८४मा दिपेन्द्र खड्का(जालनदर) दुवैले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

मङ्सिर २४ गते सम्म हुने प्रतियोगितामा नेपाल सितोरियो कराते संघ सल्यानका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री चित्र बहादुर राणाले सल्यानका खेलाडीहरुको नेतित्व गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्