Logo

२२ दिनमा २७ वटा मुद्धा फच्र्यौट



Spread the love

salyan-jilla-adalat
जिल्ला अदालतमा भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायधिस माधबेन्द्र राज रेग्मीले मंसिरको महिना भरी २३ वटा मुद्धा फच्र्यौट गर्ने लक्ष्य भएकोमा हाल सम्म २७ वटा मुद्धा फच्र्यौैट भएको भएको बताउनु भयो ।

“एक महिनामा २३ वटा मुद्धा फच्र्यौैट गर्ने लक्ष्य राखेका थियौँ ” उहाँले भन्नुभयो – “२२ दिनमा नै २७ वटा मुद्धा फच्र्यौैट गर्न सफल भयौँ, महिना पुग्न अझै केही दिन बाँकी छ, सोचे भन्दा राम्रो उपलब्धि हाँसिल भयो ।” उहाँका अनुसार फच्र्यौैट भएका मुद्धा मध्ये सबै भन्दा बढी सम्बन्ध बिच्छेदका रहेका छन् ।

२७ वटामा ९ वटा सम्बन्ध बिच्छेदका मुद्धा फच्र्यौैट भएका छन् । जिल्ला अदालत सल्यानमा २०७२ सालमा फच्र्यौैट हुन बाँकी र २०७३ सालका गरी जम्मा १८२ वटा मुद्धा मध्ये ७९ फच्र्यौट भएको र १ सय ३ वटा फच्र्यौँट हुन बाँकी रहेका छन् ।

जिल्ला अदालत सल्यानले आफ्नो कार्यालय बाट उपलब्ध हुने सेवा सुविधालाई जनमुखी बनाएको छ । उसले एक घण्टे सेवा प्रवाह, कार्यालयमा सहजकर्ता व्यक्तिका साथै न्यायीक सम्पादन कार्यक्रम पनि जिल्लाका विभिन्न ठाँउहरुमा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्