Logo

नेपाली क्रिकेट टोली थाइल्यान्ड प्रस्थान



Spread the love

NEPALI_cricket

दाङ्गको योङ्ग स्टार क्रिकेट क्लब नौ देखि १४ डिसेम्बरसम्म थाइल्यान्डको राष्ट्रिय टोलीसंग मैत्रीपूर्ण खेल खेल्न शुक्रवार त्यसतर्फ प्रस्तान गरेको छ ।

नेपाली टोलीले दुई ट्वान्टी २० तथा एक एक दिवसिय खेल खेल्ने कप्तान रुपेस शर्माले सल्लेरी खबरलाई जानकारी दिए । टोलीका अन्य खेलाडीमा दिपेश शाक्य, सुदिप नेपाली, सोनु तामाङ्ग,आशिष् सिंह, केशव प्रसाद शर्मा,दिवान पुन, सफल कुमत पुरी,ऋषि राज लहरी,प्रवीण अधिकारी, आकाश सिंह,विरसिंह ओली र प्रसन्न शाक्य रहेका छन् ।

bidhai_cricket_toli

 

टोलीको प्रशिक्षकमा विनील केसी, मेनेजरमा सिताराम शर्मा, मिडिया मनेजेरमा हेमेन्द खड्का, टिम फीजीयोमा डा. सुबोध कुमार शर्मा, टेक्नीकल एनलाइजमा हेमराज बस्नेत, उपब्यबस्थापकमा गणेश शाही र अफीसीयलमा शिखर विश्वकर्मा रहेका छन् । टोलीलाई मध्य पश्चिमक्षेत्रीय खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष सुबोधराज सेर्पालीले बिदाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्