Logo

यसरी मनाइयो ऋषि पञ्चमी (फोटोकथा)



Spread the love

तीज सकिन बित्तिकै आउने हिन्दु महिलाहरूको चाड ऋषि पञ्चमी आज सप्तषिर्को पूजा गरी वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरूले मनाउँदछन् ।

धार्मिक कथन अनुसार आजको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरूको शुद्धाशुद्धिका लागि पूजा अर्चना गर्ने दिन हो । नारीलाई रजस्वलाको ४ दिनहरुलार्इ चार वटा देवीहरू अनुरूप तुलना गर्ने चलन छः प्रथम दिन चण्डालनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ ।

हिन्दु धर्मावलम्बी नारीहरू बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् ।

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका तस्बिरहरु !

 

 

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्