Logo

मगर कृति ‘झोर्ले’को बिमोचन हुँदै



Spread the love

जय गौjhorley-bookरी पब्लिकेशन एन रिलेशनबाट केही हप्ता अगाडी मात्रै प्रकाशन भएको पच्चिस मगर सर्जकहरुको मगर गजल संग्रह झोर्ले यही मंसिर २८ गते काठमाडौको प्रज्ञा हलमा बिमोचन हुने भएको छ ।

नेपाली गजलको इतिहासमा यसरी जातिय सर्जकहरुको सयुक्त संग्रह प्रकाशनको यो पहिलो प्रयास हो । बजारमा अाएका अन्य गजल कृतिसँग प्रतिस्पर्धाका लागी नभएर अाफ्नो जातित्वको पहिचान , साहित्यमा मगर सर्जकहरुको योगदान र एतिहासिक पहिलो प्रयास झल्काउन पच्चीस मगर सर्जकहरु मिलेर झोर्ले प्रकाशन गरेको झोर्लेका सम्पादक सल्यानी गजलकार लोकेश जलनले बताउनु भयो ।

नेपालका पहिलो सहिद लखन थापा मगरको लगायत अन्य मगर परिचाहन झल्काउने मगर भेषभुषाहरुले सजिएको कभर अावारण निकै लोभ लाग्दो रहेको छ । उक्त झोर्ले गजल सग्रह भित्र सल्यान, सुर्खेत, बर्दिया, भैरहवा, सोलुखुम्बु, डढेलधेरा लगायत देशका पच्चीस जिल्लाका गजलकारहरुका सात ,सात गजलहरु समाबेश गरिएको छ ।

बिमोचनको अबसरमा बृहत सल्यान पुस्तककालय अभियानलाई पनि २५० पुस्तक हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्