Logo

१६ दिवसीय लैङ्गिक हिंसा विरुद्धको अभियान सल्यानमा सम्पन्न



Spread the love

 

mahila_hinsaa१६ दिवसीय लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आज त्रिभुवन जनता माध्यमिक बिधालय लक्ष्मीपुर सल्यानमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै व्यवस्थापिका संसद अर्थ समितिका सभापति तथा सल्यान क्षेत्र नं २ का संसद प्रकाश ज्वालाले अन्धबिस्वास, कुरिती, अशिक्षाका कारण महिला हिंसा बढ्दै गएको वताएका छन् ।  घरपरिवार मिलेर मात्र समाजमा शान्ति हुने भएकाले दिगो शान्तिका लागि घर शान्तिनै पहिलो आधार भएको बताए ।ज्वालाले दिगो विकासका लागि शान्ति अतिआबश्यक भएको र शान्ति र विकास एक अर्काको परिपुरक भएकाले यस्लाइ कुनै पनि अवस्थामा अलग बनाउन नसकिने बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले समाजमा हुने गरेका प्राय हिंसाहरु प्रहरी सामु आइ नपुग्ने गुनासो व्यक्त गरे । खत्रीले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि सबै एकजुट हुनु पर्ने,समाजमा भएका हिंसा जन्य घटनाहरू ढाटछोप गरी मिलाउनु भन्दा पीडित लाई न्याय र पिडकलाई कार्बाही गर्नको लागि आफूलाई पायक पर्ने प्रहरी कार्यालय सम्म पुर्‍याउनु पर्ने  बताए ।

कार्यक्रममा त्रिभुवन जनता माध्यमिक विद्यालयका विद्यार्थीहरू बिच हाजिरजबाफ प्रतियोगिता समेत गराइएको थियोे । प्रतियोगितामा गङ्गालाल सदन प्रथम,शुक्रराज सदन दृतिय,धर्मभत्त सदन तृतीय र दशरथचन्द सदन सान्त्वना भएका थिए । विजय टिमलाइ प्रमाणपत्र र पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्