Logo

सल्यानमा विद्यालय व्यवस्थापन समिति गठन नहुदा समस्या



Spread the love

school

सल्यानको पश्चिम क्षेत्रका अधिकांश विद्यालयहरूमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन नहुदा शिक्षक नियुक्ति प्रक्रियामा कठिनाइ भएको छ ।

विद्यालयहरूमा पटकपटक अभिभावक भेला बसेपनि राजनैतिक दलहरूले आफ्नो पक्षमा अध्यक्ष पद पाउनुपर्ने माग गर्दै सहमति नगरे पछि विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा समस्या भएको हो ।

नयाँ विद्यालय व्यवस्थापन समिति गठन नहुदा यति बेला सल्यान पश्चिम क्षेत्रका अधिकाशं विद्यालयमा शिक्षक नियुक्त गर्ने विषयमा समस्या भै विद्यार्थीहरूको नियमित पढाइमा समेत असर पुगेको छ।

यस्तै श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपीपल च्युरामा ६ महिना देखि मा. बि अग्रेजी अस्थायी शिक्षक नियुक्ति हुना सकेको छैन भने अन्य विद्यालयहरू श्री प्रभाकर मा. बि देवस्थलमा ६ महिना देखि अधारभुत अस्थायी शिक्षक १जना , श्री कृष्ण आधारभूत देवस्थल ४ खरेखोलामा १ वर्ष देखि अस्थायी २ जना शिक्षक र श्री अ्मर सहिद गङ्गलाल आधारभूत देवस्थल ३ मा २ वर्ष देखि १ जना शिक्षक नियुक्ति हुना नसक्दा बिध्यार्थीहरुको पढाइमा समस्या परेको अभिभावक चन्द्र ब पुनले जानकारी दिएका छ्न।

सल्यान जिल्लामा नयाँ विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ र शिक्षक नियुक्ति नहुदा बिधार्थीको पढाइमा परेको असरलाई स्विकार्दै जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुबेदिले सल्यानमा यो समस्या व्याप्त रहेको र शिक्षा विभागको प्रस्ट निर्देशन अनुसार माघ मशान्त भित्र नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिसक्नु पर्ने र सो समय सीमा भित्र बिब्यस गठन हुन नसके विद्यालयको निकासा बन्द गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्