Logo

निजगढ विमानस्थल एसियाकै ‘ट्रान्जिट हब’:मन्त्री रविन्द्र अधिकारी



Spread the love

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई देशकै ‘ट्रान्जिट’ विमानस्थलका रूपमा निर्माण गरिने सरकारले जनाएको छ । सञ्चालनमा रहेको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणका क्रममा रहेका पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आफ्नै सिमितताका कारण निजगढलाई ‘ट्रान्जिट’ विमानस्थलका रूपमा निर्माण गर्ने सरकारको तयारी रहेको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय मूल्याङ्नका सम्बन्धमा शनिबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालसहित एसियाका विभिन्न देशको ट्रान्जिट हबका रूपमा निजगढलाई विकास गर्ने योजना रहेको बताउनुभयो । टीआईएमा ट्रान्जिट छैन अनि भैरहवा र पोखरामा ट्रान्जिट हुन सक्दैन, उहाँले भन्नुभयो, निजगढ यस वरपरकै सबैभन्दा ठूलो ट्रान्जिट विमानस्थल बन्न सक्छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थललाई देशकै ‘ट्रान्जिट’ विमानस्थलका रुपमा निर्माण गरिने सरकारले जनाएको छ ।

निजगढ अन्तराष्ट्रिय विमानस्थलको वातावरणीय मूल्यांकनका सम्बन्धमा शनिबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल सहित एसियाका विभिन्न देशको ट्रान्जिट हबका रुपमा निजगढलाई विकास गर्ने योजना रहेको बताएका छन् ।

सञ्चालनमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र निर्माणका क्रममा रहेका पोखरा र भैरहवा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका आफ्नै सिमितताका कारण निजगढलाई ‘ट्रान्जिट’ विमानस्थलकै रुपमा निर्माण गरिने सरकारले तयारी गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्