Logo

झटारो



Spread the love

arjun_dahal

 

हिजो ,

तिमी राष्ट्रको संचार ,
उ राष्ट्रको नागरिक ,
आफ्नो मोबाईलमा सकिएको ब्यालेन्स्
र रिचार्ज कार्ड लिएर ,
उ पुर्काछ तिमीलाई
तर तिमी छौ ब्यस्त ,
तथा ब्यस्तताले पूर्ण तिम्रो जवाफ
” माफ गर्नुहोला ”
विवस छ उ , माफ गरिदियो

आज ,

उ फेरी तिमीसँग
संचार गर्ने प्रयास गर्दैछ ,
त्यही रिचार्ज कार्डको साथमा ,
त्यही थोत्रो आशमा
तर तिमी फेरी पनि छौ ब्यस्त

उपाय नाअपनाएको होईन उसले
*४११#
*४१२#
सम्पर्क पनि गर्ने प्रयास गर्यो ,
१४१३ ,
१४१४ ,
र तिम्रो त्यही जवाफ
” माफ गर्नुहोला ”
उसले फेरी माफ गरिदियो

भोली ,

उ आज पुन ,
तिमीसँग संचार गर्ने प्रयास गर्दैछ
बिहान भाले बास्नु अगावै ,
सुर्यको मिर्मिरे किरण अगावै ,
आशा छ उसलाई चमत्कारको,
तर तिमी छौ ब्यस्त

घडी चलिरहेको छ ,
उ निरन्तर प्रयास गरिरहेको छ ,
रोकिएका छन उसका अनेकौँ काम ,
उसलाई संचार चाहिएको छ ,
र राष्ट्रको संचार तिमी ,
एकहोरो जवाफ दिन्छौ
” माफ गर्नुहोला ”
उसले आज पनि माफ गरिदियो

अन्तत ,

उ चमत्कारको पर्खाइमा छ,
राष्ट्रको पैसा, बिदेशी हातबाट
जोगाउने असफल प्रयास गर्दैछ ,
सानो राजस्वले देशको सेवा गर्न चाहने
उ एक बिबेकशिल नेपाली
आज थाकेको छ ,
साथमा थाकेको छ उसको मोबाईल ,
जनाउ घन्टी दिएर निदाउँछ ,
तर तिमी छौ ब्यस्त
र उ निरन्तर माफ गरिरहने छ ।।

प्रतिक्रिया दिनुहोस्