Logo

किसिङ्गवाला चलचित्र ‘बेफिक्रे’



Spread the love

befikre_640x480_61473420209hqdefault (1)

शुक्रबारबाट प्रदर्शनमा आएको बलीउड चलचित्र ‘बेफिक्रे’ यतिबेला चर्चामा छ । त्यो पनि रणवीर कपूर र वाणी कपूरबीचको केमिष्ट्रिका कारण । हुनत रणवीरले आफूसंग सबैभन्दा नजिक रहेकी दिपिका पादुकोणलाई सबैभन्दा राम्रो किसर भएको बताएका छन् ।
उनले भनेका छन्, ‘बेफिक्रे’लाई त्यतिधेरै राम्रो किसिङ्गवाला चलचित्र नभनी केवल गर्मी बढाउने अनुभूति हुने चलचित्र भनिदिनु होला ।’
उनी अगाडि थप्छन्, ‘मैले सबैभन्दा हट र सेक्सी किसिङ्ग दृष्य ‘गोलियों कि रासलीला रामलीला’ चलचित्रको ’अंग लगा दे’ मा पादुकोणसंग गरेको थिएँ ।’
त्यसो त ‘बेफिक्रे’ को ट्रेलरमा ढुक्कसंग रणवीर वाणीबीच ताता ताता दृष्य धेरै समेटिएका छन् । केही दिन अगाडी ‘बेफिक्रे’ को नयाँ गीत ‘यु एण्ड मी…’ सार्वजनिक गर्ने कार्यक्रममा भने वाणीको हट दृष्यले सचारकर्मीलाई समेत तताएको थियो । खासमा यो मस्ती चलचित्रको गीत सार्वजनिक गर्दा रणवीरले गलत तरिकाले समाउन खोज्दा वाणीको स्तन छर्लङ्ग देखिएको थियो । अर्थात् वाणी मालफन्सनको शिकार भएकी थिइन् । यो चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्