Logo

विद्यालयले पायो शैक्षिक तथा खेलकुद सामग्री



Spread the love

दुर्गा खड्का -सल्लेरी खबर  ।

सल्यान जिल्ला शारदा नगरपालिका १३ मा रहेको सिर्जनशील प्रा.वि मा हिजो एक कार्यकर्मका बीच पुस्तकालय उदघाटन गरिएको छ ।

कार्यक्रममा शिक्षाप्रेमी चन्द्र प्रकाश बुढा मगर तथा अन्य व्यक्तिहरूको विशेष पहल एवंम अक्वा नेपाल र सिविन नेपाल सस्थाको सहयोगमा विद्यालयलाई ५५ हजार बराबरको शैक्षिक तथा खेलकुद सामग्री समेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिका कि उपपमेयर साबित्रा बस्नेतले “विद्यालयमा दरबन्दी नभएकोले दरबन्दी मिलान गर्ने बताएकी छिन् “।

शिक्षक शेर बहादुर बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि शारदा नगरपालिका कि उपमेयर साबित्रा बस्नेत रहेकी थिइन भने विशिष्ट अतिथिमा डिडिएस सल्यानका अध्यक्ष निम बहादुर नेपाली, अतिथि रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोखरेल, दार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख जङ्ग बहादुर बुढा मगर, शिक्षाप्रेमी चन्द्र प्रकाश बुढा मगर लगायतले मन्तव्य राखेका थिए ।

गुमान बहादुर रोका सभाअध्यक्षमा रहेको कार्यक्रमको सञ्चालन शिक्षक भुपेन्द्र बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्