Logo

असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ला, भाडाको निर्णय सरकारले गर्ने



Spread the love

आइतबार सरकार र यातायात व्यवसायी बिच बार्ता भएपछी दसैँ मनाउन उपत्यका बाट घर जाने यात्रुहरुको सुबिधाको लागि यहि असोज ५ गते देखि अग्रिम टिकट बुकिंग खुल्ला गरिने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले उक्त सहमति गरेको हो ।

आगामी ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भएको ढकालले जानकारी दिए , ‘सबै माग संबोधनको विषय के-कसरी बढाउने भन्ने विषयको टुंगो सरकारले नै गर्ने भएको छ, भाडाको विषयमा पनि सरकारले निर्णय गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्